×
Lagani
Lagani Shiksha gif
आज बाडफाड हुदै सिंगटी हाइड्रोको आईपीओ , दोस्रो चरणको निस्कासन कहिले ?



सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर आज बाँडफाँट गरिने भएको छ । कम्पनीले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो।

उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

Lagani Shiksha gif

आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो साढे ३ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस