×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ दुई पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ एक पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७  पैसा र बिक्री दर १० रुपैयाँ ४२  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२  पैसा र बिक्री दर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल  एकको खरिद दर ३३ रुपैयाँ पाँच पैसा र बिक्री दर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ छ र बिक्री दर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस