×
Lagani
Lagani Shiksha gif
कहिले हुदै छ जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड ? जान्नुहोस



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निस्कासन गरेकोआईपीओ कहिले बाँडफाँड होला भन्ने चासो सबैमा रहेको छ ।

सबैको चासो मेटाउन आज हामीले बिक्री प्रबन्धक संग कुरा गरेका छौ।  बिक्रि प्रबन्धकले  कम्पनीको आईपीओकाे अर्काे साताभित्र बाँडफाँड गर्ने गरि हाल डाटा भेरिफिकेसनकाे काम गरिरहेको जनाएको छ  । उक्त कार्य सकिएपछि प्री-अलाेटमेन्ट सम्पन्न गरी बाँडफाँडकाे मिति ताेकिनेछ ।

Lagani Shiksha gif

आवेदकको सङ्ख्या बढे संगै आईपियो  पर्ने सम्भावना न्यून हुदै गएको छ।  आज सम्मको आवेदनको हिसाब गर्दा पनि करिब २ प्रतिसत लागानिकर्ताले १० कित्ता शेयर हात पार्ने छन् भने बाकि ९८ प्रतिसतको हात खालि हुने छ।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको को कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ। संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस