SHL 431.7 -4.9 ACLBSL 762 -8 GILB 989 2.6 KPCL 405 -2 RSDC 605 -10 NFS 444 -9.7 BNT 12553 108 LUK 8.6 0.08 NMB50 9.5 0 C30MF 8.9 0.15 SAMAJ 1917 27 SAHAS 513.1 -0.9 PRSF 8.6 -0.09 PPCL 245 -9.7 EBLD85 1050 -20 GUFL 905 82 MMKJL 410 7 H8020 8.78 0.17 HLI 386 -2 AHPC 168 -1.5 ALBSL 718 -17 TVCL 477 -8 PBLD87 976 -7 NBF3 7.38 -0.07 KRBL 405 -6.2 EBL 497 -3 CLI 443.4 -0.6 DHPL 206 8 MEL 230 -4 LEMF 9.64 0.16 NIFRAUR85/86 880 -35 HHL 373.5 -11.5 GIBF1 8.14 -0.14 DORDI 425 -6.9 KKHC 225.4 -2.6 TRH 737.3 10.3 GFCL 451.7 -11.3 SJLIC 502.9 2.9 SBI 277.8 2.8 GBIME 177.4 -2.6
×
यी राशि हुनेको आज भाग्य चम्किने , थाहा पाउनुहाेस तपाईंकाे राशिफल।



१९ माघ २०७८ बुधबार । तदनुसार २ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र, वरियान योग वव करण चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५२ भएकाे छ भने १७ः४४ मा सूर्यास्त हुनेछ ।

भनिन्छ, सोम खेती बुध घर भन्ने आहानअनुसार बुधबार घर गृहस्थका कामहरु गर्नु राम्रो मानिन्छ । आज ११ः५६ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ भने १२ः१८ देखि १ः४० सम्म राहुकाल रहेको छ ।

आजको देवता कुवेर हो भने ग्रहदेव बृहस्पति रहेको छ । नक्षत्रअनुसार आजको दिन आध्यामिक यात्राका लागि उपयुक्त दिन हो । आजबाट गुप्तनवरात्र समेत शुरु भएको छ । विशेषगरी छिमेकी देश भारत र नेपालमा पनि केहीमात्र सनातन समुदायले गुप्तनवरात्र साधना गर्ने गर्दछन् । गुप्तनवरात्रको समयमा तन्त्र, मन्त्र र यन्त्र साधना गर्दा सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

आज सोनाम ल्लोसार पनि हो । तामाग जातिहरुले आजको दिन ल्होसार मनाउने गर्दछन् ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनेछ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । नयाँ कामको थालनी समेत हुनेछ । आजको दिन तपाईले शुरु गरेका काम सफल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्न सक्छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नुहोला । आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घरगृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नै बेस हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईंमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु होला । आजको दिन मौन रहनु र अध्यात्मयात्राको लागि योग रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । अध्यात्म यात्रामा जानु पर्नेछ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा  हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईंले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनेछ ।     

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईंले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईंको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले  सकारात्मक सोच आउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । त्यसैले आजको दिन  परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईं आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । तपाईंले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ ।  देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ परिवारका सदस्यको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस