×
बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय ( सुचना सहित )



सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

271969630 656593615763247 3382447562632609566 n बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय ( सुचना सहित )

मृगौला पीडित प्रहरी जवान खत्रीलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग :  दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख सतहत्तर हजार पाँचसय नब्बे रुपैयाँ सहयोगस्वरूप रकम हस्तान्तरण गरेको हो ।

गुल्मीको ईस्मा-४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूले स्वस्फुर्त रूपमा सहयोग रकम संकलन गरेका हुन् ।

दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाल प्रहरीलगायतका अस्पतालहरूमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।

उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागी संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस