×
राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र जोसिएल जस्ता नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ



नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गैरकानुनि भएको भन्दै त्यस्तो नगर्न साचेक गराएको छ।

राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कानूनी कारबाही हुने चेतावनी दिएको छ ।

छोटो समयमै उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबारमा संग्लग्न गराउने अकार्य भइरहेको भन्दै केन्द्रीय बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

क्रिप्टोकरेन्सीले  नेपालमा मुद्राको रूपमा मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न साचेक गराएको छ ।

नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन अघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनाको गिरोहलाई मिनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । नेपाल राष्ट्र बैंकले कारोबारका लागि प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सी बिट क्वाइनबाट कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । एक महिनामै उनले १६ लाख बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा कानुनविपरीत रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानूनबमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

FXMD Notice Crypto page 001 scaled e1642940820953 राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र जोसिएल जस्ता नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Basanta Limbu
Guest
Basanta Limbu
January 26, 2022 9:22 am

सरकार आफू केही दिन सक्दैन ।जनताले आफ्नो बुद्धि र क्षमताले गरेको आय आर्जनलाईपनी निषेध गर्दैछ ।


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस