×
अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन – कुन कम्पनीको बाँकी ?



नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।

हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।

गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।

लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस