×
१ अर्ब ५० करोड बराबरको आईपीओ निष्कासन गर्दै नागरिक स्टक डिलर



नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले आईपीओ जारी गरी पूँजी बढाउँने योजना अघि सारेको हो ।

हाल रू. ५ अर्ब चुक्तापूँजी रहेको कम्पनीले रू. ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले थप पूँजी जुटाउन लागेको जानकारी दिएको छ ।

कम्पनीले जारी पू्ँजीको ३० प्रतिशतले हुने रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ता शेयरमध्ये कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गर्नेछ ।

यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस