CZBIL 242 -10 ALICL 714.5 -1.2 JSLBB 1513.9 38.9 TPC 465 6 UPPER 214.2 -1.8 NICBF 9.3 -0.08 SCB 691.1 3.6 BBC 4255 50 SIKLES 707 -3 RIDI 235 0 RBCLPO 12300 88 HLBSL 1010 -10 WNLB 2650 -80 RADHI 397.9 7.9 MKHL 493 -6 SHPC 525 -3.9 SPL 813 -12.1 LUK 9.21 -0.09 BPCL 449 -7 CMF1 10.5 -0.2 SHIVM 599 -8 GIBF1 9.69 0.1 KPCL 493 -0.8 DLBS 1374 30 TRH 1118 -5 NUBL 730 2.8 EHPL 840 7.9 SHEL 242.9 -4.7 CCBD88 1123.1 6.1 MANDU 885 -14 GLBSL 1600.4 -29.6 CLI 634 -4.9 NBLD85 1025 0 KRBL 613 0 SIGS3 9.45 0.09 VLUCL 588 -1.9 CORBL 958.8 -10.2 MAKAR 500 6 ENL 1102 -18 NMB50 10.3 0.05
×
समुदायमै पुगिसक्यो ओमिक्रोन भेरियन्ट



थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेका सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । झट्ट सुन्दा यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो, २४ थपि‌ंदा २७ भयो भन्ने लाग्नसक्छ । तर स्वास्थ्य मन्त्रालयले शुक्रबार ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट संकेत गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयको विज्ञप्तिअनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका ११४६ नमूना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात् २२ प्रतिशत नमूनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

अर्थात् एसजिन नेगेटिभ आएका बाँकी २२६ नमूनामा पनि ओमिक्रोन भेरियन्ट छ । किनकि एसजिन नेगेटिभ आउने अल्फा भेरियन्ट नेपालमा सक्रिय छैन र पछिल्लो दुई महीनामा एसजिन नेगेटिभ आएका सबै २७ वटा नमूनामै ओमिक्रोन भेटिएको छ । यसरी हेर्दा दैनिक पहिचान भएका संक्रमितमध्ये चार भागको एक भागमा ओमिक्रोन भेरियन्ट छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको छ । यो तथ्यांकले समुदायमा संक्रमण फैलिसकेको देखाउँछ ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार अब संक्रमण अझ बढ्न सक्छ । ‘अबको केही हप्तामा ओमिक्रोनका संक्रमितको संख्या बढ्दै जान्छ’ डा. बाँस्तोला भन्छन्, ‘एक महीना भित्रमा डेल्टा भेरियन्टको ठाउँ ओमिक्रोनले लिन्छ ।’

संक्रमण रोक्ने ‘दुई अस्त्र’

ओमिक्रोन भेरियन्टको विशेषता नै नेपालमा दोस्रो लहर ल्याएको डेल्टाभन्दा पनि तीव्र गतिमा फैलिने हो । तर ओमिक्रोन फैलावटले व्यापकता पाउँदै गर्दा परीक्षण अत्यन्तै कम भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘ओमिक्रोन भेरियन्ट पुष्टि गर्नका लागि काठमाडौंमा ल्याउनुपर्ने बाध्यता छ’ डा. अधिकारी भन्छन्, ‘आज लिएको नमूनाको एक महीनापछि रिपाेर्ट निस्किन्छ । नतिजा आउँदासम्म एक व्यक्तिले धेरैलाई संक्रमण सारिसकेको हुन्छ ।’

त्यसैले ओमिक्रोन फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँच बढाउनुपर्ने विज्ञहरु बताउँछन् ।

संक्रमितहरुको पहिचान गरेर आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न नसकिने डा. बाँस्तोला बताउँछन् । ‘संक्रमणको ग्राफ बढिरहेको बेला परीक्षणको दायारा बढाउनुपर्छ । संक्रमित पहिचान गरेर आइसोलेसन गर्न सकियो भने संक्रमण सार्ने सम्भावना कम हुन्छ’ डा. बाँस्तोला भन्छन्, ‘हाम्रो रणनीति क्वारेन्टाइन तथा संक्रमित पहिचान भएका आइसोलेसन र खोपको पहुँच बढाउनुपर्छ ।’

डा. अधिकारी पनि तेस्रो लहर रोक्न समय कम भएकाले संक्रमणको स्रोत पहिचान गर्नुपर्ने र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई परीक्षण गर्नुपर्ने बताउँछन् ।

भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । भारतीय नाकाबाट आउने धेरै व्यक्तिमा संक्रमण पुष्टि भइरहेकाले उनीहरुबाटै ओमिक्रोन समुदायमा पुगेको हुनसक्छ । ‘पहिलाका संक्रमणको आउट ब्रेक पनि सीमानाका प्रवेश बिन्दुबाटै भएको थियो’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी भन्छन्, ‘अब ओमिक्रोन फैलन नदिनका लागि नाकामा कडाइ तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ ।’

यससँगै खोप अभियानलाई पनि तीव्रता दिनुपर्छ । पछिल्लो तथ्यांकले नेपालमा तेस्रो लहरको संकेत गरिसकेको भन्दै इपिडिमियोलोजिस्ट डा. विराज कर्माचार्यले भने, ‘अबको एक महीनाभित्र ओमिक्रोनको संख्या उच्च हुन्छ । त्यसैले सरकार पूर्वतयारीमा जुट्नुपर्छ ।’

अन्य देशको अध्ययन अनुसन्धानले खोप नपाएका मानिसलाई बढी संक्रमण गरेको देखाएको भन्दै उनले भने, ‘अभियानको रुपमा लिएर घर–घरमा गएर खोप दिनुपर्छ । एकदुई हप्तामा सकेसम्म धेरैभन्दा धेरै नागरिकलाई खोप दिनुपर्छ ।’

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल जनसंख्याको ३५.९ प्रतिशत पूर्ण खोप लगाएका छन् भने थप १२.६ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएका छन् ।

खोप लगाएकाहरुमा बालबालिका पनि छन् र जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि उनीहरुलाई गाह्रो छ । ‘विद्यालयहरुमा जनस्वास्थ्यको मापदण्ड कायम हुन सकिरहेको छैन र सरकारले बालबालिकालाई खोप दिन पनि सकेको छैन’ डा. कर्माचार्य भन्छन्, ‘यस्तै हो भने विद्यालयबाट आउट ब्रेक हुन्छ ।’

हेर्नुहोस् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिः

omicrone press note 683x1024 1 समुदायमै पुगिसक्यो ओमिक्रोन भेरियन्ट

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस