HLBSL 1010 -10 NABIL 594 3 KRBL 613 0 BPCL 449 -7 NMBD87/88 1027 -3 HIDCLP 183 -2 GUFL 735 5 H8020 10.2 -0.05 NICBF 9.3 -0.08 MHCL 410 -7 ALBSL 1040 -4 CMF2 9.21 -0.1 SLBBL 958.9 -4.2 MNBBL 395.8 -0.8 SNLI 585.1 -0.9 AKJCL 209 -3 RAWA 889 29 SICL 832 0 UHEWA 476 -11 NBLD85 1025 0 SEF 9.51 -0.24 PHCL 465.1 -9.9 CMF1 10.5 -0.2 MFLD85 1050 -20 SBLD89 1200 16.1 RADHI 397.9 7.9 EBLD86 1040 -2 SAGF 9.31 0.01 PPL 461 -2.5 NMB50 10.3 0.05 UMHL 308 -4 NIMB 241.9 -9.1 SFCL 704.1 63.6 JOSHI 305 -6.8 NLO 242.1 0 SJLIC 477 -7.5 HEI 648 -10 CHDC 1684 -35.9 PSF 9.51 -0.09 SGHC 393.6 0.1
×
आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कुन नेताले कति पाए ?



सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ ।

उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो ।  राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म छन् ।

अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो ।  मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार लिएका छन् । उनले दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट सहयोग लिएका हुन् ।

सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

रुकुम छायानाथ रारा नगरपालिका १० का राजबहादुर शाही र गुठीचौर ३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख, विराटनगरका जीवन कुमार राईलाई तीन लाख, काठमाडौं १५ निवासी प्रदिप नेपाल र मैया भुजेललाई १४ लाख रकमान्तर गरी आर्थिक सहयोग गरिएको छ ।

कलाकार जेवी टुहुरेको औषधीउपचार वापत छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ ।

गुरुमा धम्मासतिको उपचार गर्न ४६ हजार ८२३, खरिदार रिना लामालाई आर्थिक सहायता ४५ हजार, रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १०५, मोतिपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४४४, कुमार खड्कासमेत तीनजनालाई १४ लाख, घन कटवालसमेत दुई जनालाई १० लाख, ज्ञानबहादुर रोकायासमेत २ जनालाई ८ लाख र नानिवावु खड्कालाई ५ लाख आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मोतिपुर घटनाका मृतक वीरेन्द्रप्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केश नारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्ति स्वरुप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृहलगायतका विभिन्न मन्त्रालय र स्थानिय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस