AVYAN 909 -6 UPCL 262.2 -2.7 SAHAS 505 28 HEIP 381.8 20.8 CIZBD86 1060 -10 MKCL 1497 -26 SKBBL 934 -3 NBF2 9.15 -0.05 SRLI 443.1 -4.9 NICBF 9.3 -0.08 MEL 292 2 CHDC 1684 -35.9 EBLD85 1105 5 GBILD86/87 1030 4 KBLD86 1115 0 SPHL 666.9 16.9 SPL 813 -12.1 PSF 9.51 -0.09 SHL 512 -4.5 SHIVM 599 -8 GCIL 498 -5.8 SMJC 574 -6 BBC 4255 50 SIKLES 707 -3 HBLD83 1056.3 0.3 NRIC 803 -5 MMKJL 543.6 9.6 BPCL 449 -7 DHPL 242 1 BHL 440 -13 BHPL 655.1 -12.7 IGI 600 -4 GBLBS 738 -10 NIBD2082 1099 0 MKHL 493 -6 NBF3 9.04 0.17 JSLBB 1513.9 38.9 USLB 1467 -2.9 NIBLGF 9.1 0.38 HRL 861 -4
×
आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर



पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो । मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ । यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ ।

साउनमा  पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा. रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस