TRH 1118 -5 SWMF 812 -13 GBLBS 738 -10 HLBSL 1010 -10 C30MF 9.74 0 EHPL 840 7.9 NICLBSL 705.5 -7.5 UNHPL 266 0 NIMB 241.9 -9.1 SBL 345 -8.1 STC 5908 9 SALICO 747 -9.1 DORDI 429 -3.3 NMB 263.9 -7.1 SFMF 10.2 -0.2 SHIVM 599 -8 RMF1 9.15 -0.1 NLIC 814 -13.4 NMFBS 1435 1 MKHC 339 -1 CKHL 632 -8 NLO 242.1 0 NUBL 730 2.8 NYADI 305.4 -6.6 MSLB 1564 -70 JOSHI 305 -6.8 SIKLES 707 -3 WNLB 2650 -80 SINDU 667 -6 NLG 1317 2 RBCLPO 12300 88 CGH 909 -5 HEI 648 -10 MATRI 1405 -8 GLBSL 1600.4 -29.6 RAWA 889 29 MMF1 8.98 0.1 CIZBD86 1060 -10 NICGF 10.56 -0.28 SHPC 525 -3.9
×
जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का



सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।

फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बाताए ।

उनलेभने, ‘मैले आफै फाइल लिएर सययमै प्रशासकीय अधिकृतको टेवलमा पुर्‍याए । तर, समय सकिएको भन्दै प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकीय अधिकृत महतले ‘तल साथीहरु छन्, त्यहीँ बसेर मिलाएर आउनुस्’ अनि ‘फाइल लिने नलिने भनौंला’ भन्दै फर्काएको उनले बताए । महताेले तल केही ठेकेदार बसेर तालमेल गरिरहेको पछिमात्र थाहा पाएकाे बताए ।

बिष्णुपुरले १६ मंसिरमा वडा न ५ लक्ष्मीपुर चाेकदेखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुँदै नरहा गाउँपालिकाकाे सीमा सम्मको सडक स्तरउन्नति र लक्ष्मीपुरदेखि थलहाकटहा कालोपत्रे सडक मर्मतका लागि टेन्डर आव्हान गरेको थियो ।

सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रतिफर्म बुक ३ हजारको दरले खरिद गरे पनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ ।

पालिकाले प्रकाशन गरेको सूचनामा योजनाको विनियोजित रकमसमेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकार बताउँछन्
कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।

तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्मको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकीय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्क गर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस