SMATA 875 -16 MLBS 1532.3 -86.7 NUBL 730 2.8 NABBC 631 -12 RIDI 235 0 AHL 651 2 ULHC 390 -7.9 SLBSL 1398.4 21.4 BNT 14350 -50 SRBLD83 1065 -10 USHL 783.2 -13.7 MHL 725 3.5 MBLD2085 1085 6.5 PRIN 968 4 SALICO 747 -9.1 SBL 345 -8.1 GBLBS 738 -10 SHL 512 -4.5 NICSF 9.5 0.25 BNHC 466.9 0.7 LICN 1995.9 -27.1 UPPER 214.2 -1.8 NLO 242.1 0 SAPDBL 569.6 -7.4 ILBS 980 -21.5 SAEF 11.22 0.17 MHNL 265.5 -0.5 PPCL 262 -5.2 RLFL 625 6.9 AKJCL 209 -3 CIZBD86 1060 -10 SAHAS 505 28 CORBL 958.8 -10.2 USLB 1467 -2.9 MANDU 885 -14 NIBD2082 1099 0 SWMF 812 -13 UMHL 308 -4 JOSHI 305 -6.8 SARBTM 765 -5
×
नरेन्द्र मोदी जाममा फसेपछि यस्तो भयो ……



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो ।

भारतीय गृहमन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ । कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए ।

पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ ।

तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्‍यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् ।  कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ ।

तस्बिर : एएनआई

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस