SSHL 215 0.8 KBLD89 1156 1 SHINE 473 -1.8 SPDL 310 5 GBLBS 738 -10 SAEF 11.22 0.17 SDBD87 1035 4 MEHL 380.1 -19.9 MSHL 938 3 SMHL 613.1 -4 HBL 260 -13 SAGF 9.31 0.01 NICBF 9.3 -0.08 NBLD85 1025 0 PPL 461 -2.5 BNT 14350 -50 PMHPL 260 -4 RSDC 735 0 PBD88 1102.1 2.1 MKCL 1497 -26 STC 5908 9 NHDL 570 0 USHL 783.2 -13.7 RFPL 532 11.1 SHLB 1886.9 1.9 EBL 605 5 NICFC 8.97 -0.33 BGWT 934.9 -21.1 NIBLGF 9.1 0.38 KDL 1059 16 TRH 1118 -5 SBL 345 -8.1 MNBBL 395.8 -0.8 SICL 832 0 GIBF1 9.69 0.1 SEF 9.51 -0.24 NMFBS 1435 1 IHL 499 -1 UNHPL 266 0 LUK 9.21 -0.09
×
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २६ करोड पुग्नेछ ।

कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । त्यसैगरी सोही अवधिमा कम्पनीले रू. २ अर्ब २ करोड २ करोड ६१ लाख सापटी लिएर रू. ६७ करोड ८२ लाख र निक्षेप संकलन गरेर रू. २ अर्ब ७९ करोड ११ लाखभन्दा बढी कर्जा लगानी गरेको छ ।

chart rastra utthan आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था

स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको पहिलो त्रैमासिक विवरण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस