ACLBSL 1035 0 SFMF 10.2 -0.2 MKJC 467.9 -1 SHEL 242.9 -4.7 VLUCL 588 -1.9 NHDL 570 0 SCBD 1111 6 NMLBBL 769 -11 GMFIL 623 1 KSY 9.22 -0.19 SFCL 704.1 63.6 PBD85 1079.9 19.9 RSDC 735 0 GFCL 1051.1 6 NIBLSTF 8.68 0 CYCL 1540 -7 TAMOR 482.9 -2.1 SHIVM 599 -8 SPDL 310 5 DORDI 429 -3.3 KDBY 9.21 -0.23 NICD88 1032 -21 LEC 276.8 -6 LUK 9.21 -0.09 SBI 482.9 -6 USLB 1467 -2.9 MKHL 493 -6 HLI 472 -4 KSBBLD87 1093.4 18.4 SIFC 628 10 C30MF 9.74 0 RAWA 889 29 KSBBL 448 -3 NIL 912 8 SBCF 9 -0.2 SIKLES 707 -3 HEI 648 -10 NMFBS 1435 1 EBLD85 1105 5 UMRH 475 -1.9
×
मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ ।

रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।  १६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियाे । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।

रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए ।’

‘मेरो ड्राइभरको कन्चटमा बन्दु राखियो । यसो गर्दा जब मैले एकजनालाई चड्कन हिर्काएँ तब उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई कालो झण्डा देखाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो र दुई दिनपछि उनले जमानत पाए ।

घटनाको एक महिनापछि सम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण उनी १७ डिसेम्बरमा लखनउमो कांग्रेसमा समावेश भइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस