PBD88 1102.1 2.1 SSHL 215 0.8 H8020 10.2 -0.05 MHNL 265.5 -0.5 SWBBL 1065 2.1 RSDC 735 0 HEI 648 -10 MSHL 938 3 ADBL 367 -11.1 RBCL 17071 -109 AHL 651 2 GBBL 447 -6 PRSF 9.54 -0.11 LUK 9.21 -0.09 LBBLD89 1208.5 23.5 NYADI 305.4 -6.6 USHEC 523 -7 CFCL 647 27.1 SPL 813 -12.1 NBF2 9.15 -0.05 MDB 630 -3.8 VLBS 902.5 -7.5 PRIN 968 4 TRH 1118 -5 SPDL 310 5 EBL 605 5 HPPL 316.3 -3.6 JOSHI 305 -6.8 BARUN 379 -6.1 SIGS3 9.45 0.09 SFEF 9.29 0.22 SALICO 747 -9.1 MNBBL 395.8 -0.8 CYCL 1540 -7 CIT 2195 0 KSBBL 448 -3 MHL 725 3.5 PPL 461 -2.5 KBLD89 1156 1 API 289.5 2.5
×
मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन



पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।

साे अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णप्रसाद आचार्य, दीक्षा कुमारी भूषाल, रामजी खनाल, सुरेशजंग पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यसैगरी ज्येष्ठ शेयर सदस्यको रुपमा रामचन्द्र देवकोटा, असल शेयर सदस्यतर्फ मुना महतो, बुद्धिकुमारी मल्ल, विर्सना श्रेष्ठ, प्लस २ मा उत्कृष्ट अंक ल्याउने शुष्मा पौडेल, सक्रिय शेयर सदस्यको रुपमा निर्मला पौडेल, उत्कृष्ट कर्मचारीको रुपमा इन्दिरा सिंखडालाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका उपाध्यक्ष सुरज पौडेलले बताए ।

मन्त्री खनाल र संस्थाका अध्यक्ष मेघनाथ पौडेलले उनीहरुलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष पौडेलले भावि कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव किशोर चालिसेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकुमार बजगाई र लेखा समिति संयोजक दिनेश रेग्मीले आन्तरिक लेखा परीक्षण प्रतिवेशन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदी, चितवन जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, जनजागृती सहकारी संस्थाका अध्यक्ष रमाकान्त पौडेल, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, नेपाली काँग्रेसका नगर सभापति प्रल्लाद सापकोटा, माओवादी केन्द्रका नगर इन्चार्ज राजु अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष माेहदत्त पाैडेल (शुरज) ले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रममा संस्थाका अध्यक्ष मेघनाथ पौडेलको सहभागीहरुलाई टोपी दिवसको अवसरमा ढाकाटोपी वितरण गरेका थिए ।

271084522 4894430137244130 413378590840588492 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन 271069258 4894430030577474 2232885622469621418 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन 271091221 4894429657244178 1442771239835329110 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन 271038502 4894429577244186 9133696825382905250 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन 271186103 4894429490577528 1531692464685696602 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन 271094325 4894429397244204 2519552975434692012 n मन्त्री कृष्ण खनालले गरे अर्पण सहकारीको साधारण सभाको उद्घाटन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस