SPL 813 -12.1 AHPC 267 -0.6 RBCLPO 12300 88 MHL 725 3.5 NIBLSTF 8.68 0 SMATA 875 -16 IGI 600 -4 LUK 9.21 -0.09 CLI 634 -4.9 HIDCL 270.7 -4.1 NLIC 814 -13.4 KBLD86 1115 0 PBLD87 1028 -2 GBBL 447 -6 GUFL 735 5 ILI 483.5 -2.5 JOSHI 305 -6.8 MBL 255 -4 GFCL 1051.1 6 KMCDB 1027.8 -11.1 KPCL 493 -0.8 SPDL 310 5 NRM 426.1 -4.9 HIDCLP 183 -2 SPC 520 5 NSIF2 10.52 0.02 LLBS 1050 5 NBL 292.2 1.2 RLFL 625 6.9 PBD84 1065 1.7 MAKAR 500 6 CBBL 980 1 EBLD86 1040 -2 GHL 218.5 -1.1 NMLBBL 769 -11 SBCF 9 -0.2 AVYAN 909 -6 NABBC 631 -12 MKHC 339 -1 MBLD2085 1085 6.5
×
अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै



कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् ।

पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए । उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए ।

ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए ।  ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।

भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम  गरेर आफ्नो काम गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस