ADBL 367 -11.1 DLBS 1374 30 CHL 353 0.4 NMBMF 695 -10 HATHY 1322 13 NIMBPO 176.9 -1.1 ALICL 714.5 -1.2 SHIVM 599 -8 BARUN 379 -6.1 SIGS3 9.45 0.09 NABIL 594 3 MLBSL 2000 -26 SBLD89 1200 16.1 NLIC 814 -13.4 FMDBL 758 -0.1 HIDCLP 183 -2 MBL 255 -4 BBC 4255 50 CFCL 647 27.1 PROFL 655 7 GRDBL 743 5 DHPL 242 1 GCIL 498 -5.8 SMJC 574 -6 GLH 244 -2 CZBIL 242 -10 GHL 218.5 -1.1 NWCL 975 -13.9 RHGCL 388 0 GMFBS 1512.1 -16.9 SWBBL 1065 2.1 RURU 740 -9.8 H8020 10.2 -0.05 IGI 600 -4 SMPDA 910 -1 SMHL 613.1 -4 API 289.5 2.5 CMF1 10.5 -0.2 KSBBLD87 1093.4 18.4 MAKAR 500 6
×
४३६ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन ।



लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

परीक्षाको किसिम:– लिखित र अन्तर्वार्ता ।
परीक्षा केन्द्र:- सम्बन्धित जिल्लाको सदरमुकाममा छनौट समितिले तोकेको स्थान ।
दरखास्त दस्तुरः– प्रत्येक विज्ञापनका लागि रु ३०० (तिन सय) दरखास्त दस्तुर बुझाउनु पर्नेछ
दरखास्त बुझाउने स्थानः– नवलपरासी (ब.सु.प.), पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, दाङ्ग, बाँके जिल्लाको हकमा सम्बन्धित जिल्ला स्थित कृषि ज्ञान केन्द्रमा, प्यूठान, बर्दिया तथा रूकुमपूर्व जिल्लाको हकमा सम्बन्धित जिल्लाको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा र रूपन्देही जिल्ला तथा सम्बन्धित जिल्लामा दरखास्त बुझाउन नसक्नेको हकमा कृषि विकास निर्देशनालय, बुटवलमा बुझाउनुपर्नेछ ।

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:-
(क) शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु १/१ थान।
(ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान।
(ग) उम्मेदवारले सम्वन्धित जिल्लामा राजश्व संकलन गर्ने बैंकमा दरखास्त दस्तुर वापत रु ३०० । (तीन सय मात्र) जम्मा गरेको सक्कलै भौचर दरखास्त साथ पेश गर्नुपर्नेछ । यस सम्वन्धी थप विवरण यस मन्त्रालयको ४/९००९ मा राखिएको छ ।
(घ) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु उम्मेदवार स्वयमले प्रमाणित गरी पेश गर्नुपर्नेछ । दरखास्त दस्तुर बुझाउने अवधिः- मिति २०७८ । ०९ । ३० गतेसम्म । (दोब्बर दस्तुर तिरी दरखास्त बुझाउने व्यवस्था छैन)

दरखास्तको माध्यमः– मन्त्रालयको वेवसाईटमा भएको दरखास्त फारम प्रिन्ट गरी बिज्ञापित सबै पदहरुमा छुट्टाछुट्टै तोकिए बमोजिमको कार्यालयमा मात्र दरखास्त बुझाउनु पर्नेछ।
उम्मेदवारको उमेरको हदः- २०७८ । ९। ३० सम्म १८ वर्ष उमेर पुरा भै ४५ वर्ष ननाघेको ।
अन्तर्वार्ता हुने मिति र स्थानः- लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।
सेवा अवधि: करार सम्झौता बमोजिम ।
कार्य बिवरणः- कार्यविधीले निर्धारण गरे बमोजिम ।
काम गर्नुपर्ने स्थानः सम्बन्धित कार्यालयले तोके बमोजिम ।
तलब तथा सेवा सुविधाः- कार्यविधी तथा सम्झौतामा उल्लेख भए अनुसार ।

आवश्यक न्युनतम शैक्षिक योग्यताः
(क) नायव प्राविधिक सहायक पदको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस. एल. सी. उत्तीर्ण गरी न्यूनतम एक वर्ष जे. टि. ए. (कृषि विज्ञान) तालिम प्राप्त वा कृषि विषय
लिई टी. एस. एल. सी. उत्तीर्ण वा सो सरह उतिर्ण।
(ख) नायव पशु सेवा प्राविधिक पदको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस एल सी उत्तीर्ण गरी न्यूनतम एक वर्षे जे. टि. ए. (पशु विज्ञान, पशु पालन, पशु स्वास्थ्य) तालिम प्राप्त वा कृषि (पशु पालन, पशु स्वास्थ्य) विषय लिई टी. एस. एल. सी. उत्तीर्ण वा सो सरह उतिर्ण।
नोटः ग्रेडिङ्ग प्रणाली लाग्‌ भए पश्चात्‌ प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा ) 2 वा सोभन्दा माथिको ग्रेड प्वाइण्ट प्राप्त गरेकोलाई सम्बन्धित शैक्षिक योग्यता हाँसिल गरेको मानिनेछ । न्युनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएका उम्मेदवारहरुको हकमा प्रत्येक विषयहरु (सैद्धान्तिक एवं प्रयोगात्मक) मा न्यूनतम D+  प्राप्त गरेकोलाई सम्बन्धित शैक्षिक योग्यता हाँसिल गरेको मानिनेछ ।
(ग) विदेशी शिक्षण संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ ।

लिखित परिक्षा कार्यक्रमः
पद, सेवा, समुह तह लिखित परिक्षा कार्यक्रम द्रृष्टन्यः-
(क) तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(ख) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा ३ (तिन) दिन अगावै सम्बन्धित कार्यालयमा सम्पर्क राखु पर्नेछ। अन्यथा छनौट समिति सहयोगी लेखक उपलब्ध गराउन बाध्य हुने छैन ।
(ग) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ता दिनु भन्दा अगाडी शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता लगायतका कागजातहरुको सक्कलका साथै प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

(घ) लिखित परीक्षा तथा अन्तर्वार्तामा सहभागि हुने उम्मेदवारले अनिवार्य प्रवेशपत्र लिई आउनुपर्नेछ ।
(ङ) उम्मेदवारले दरखास्त फाराममा आफू उम्मेदवार हुने पदको लागि आवश्यक बिवरण निर्धारित ढाँचामा अनिवार्य रुपले खुलाउनु पर्नेछ अन्यथा परीक्षामा समावेश गराईने छैन ।
(च) विज्ञापन नम्बर र परीक्षा केन्द्र एक पटक छनौट गरिसकेपछि पुनः संशोधन नहुने हुँदा बिश्वस्त भई विज्ञापन नम्बर र परीक्षा केन्द्रहरु छनौट गर्नुपर्नेछ ।
(छ) परीक्षामा परीक्षार्थीले अनिवार्य रुपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

(ज) दरखास्त दिने पदको पाठ्यक्रम, दरखास्त फाराम लगायत अन्य विवरण यस मन्त्रालयको वेवसाईटबाट प्राप्त गर्न सकिनेछ ।
(झ) कोभिड १९ संक्रमण भएका उम्मेदावारहरूको लागि अलग परीक्षा कक्ष रहने हुंदा परीक्षा शरू हुनुभन्दा १ (एक) दिन अगाडि सम्बन्धित कार्यालयमा जानकारी गराउनु
पर्नेछ।

तथ रजशव समबनध ववरण page 003 scaled ४३६ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन । तथ रजशव समबनध ववरण page 001 scaled ४३६ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस