VLBS 902.5 -7.5 SHL 512 -4.5 KBSH 2386 -9 CHDC 1684 -35.9 NMB50 10.3 0.05 MLBSL 2000 -26 MNBBL 395.8 -0.8 DHPL 242 1 NICD83/84 1062 -19 SMFBS 1505.2 6.2 MBL 255 -4 GFCL 1051.1 6 SPC 520 5 UNLB 2527 -3.9 RLFL 625 6.9 NICBF 9.3 -0.08 SNMAPO 190 0 SBCF 9 -0.2 NGPL 472 -2.9 PRSF 9.54 -0.11 RSDC 735 0 GLH 244 -2 BOKD86 1040 18 RAWA 889 29 RURU 740 -9.8 CHL 353 0.4 EBLD85 1105 5 UPCL 262.2 -2.7 MSHL 938 3 SHEL 242.9 -4.7 NICSF 9.5 0.25 MLBL 398 -6.9 SBI 482.9 -6 SHIVM 599 -8 CBBL 980 1 NBF3 9.04 0.17 CZBIL 242 -10 NICAD8283 1169.8 86.8 H8020 10.2 -0.05 TSHL 909 -11
×
तमु ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा ( सुचना सहित )



सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिमपात भएपछि चिसोले कोठा बाहिर परीक्षा दिँदै हुम्लाका विद्यार्थी : हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माद्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएकाले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सूर्योदय माद्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले जानकारी दिए ।फडेराले हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको बताएका छन् ।

हिमाली जिल्ला हुम्लाका विद्यार्थीले यस वर्ष कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको नागरिक समाज अगुवा राजबहादुर रोकायाले बताए । त्यसमाथि चिसोले परीक्षा दिन सकस भइरहेको र चौरमा आएर परीक्षा दिनुपर्ने बाध्यता रहेको उनले बताए ।

सिमकोट गाउँपालिका मानसरोवर नमुना माद्यामिक विद्यालयकी छात्रा अनिता रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीहरूले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको मानसरोवर विद्यालय स्रोतले जानकारी दिएको छ ।

अर्धवार्षिक परीक्षामा सहभागी शिक्षक रेसमराज रोकायाले चिसोले प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति घाम लागेको चौरमा परीक्षा सञ्चालन गर्न राजी भएकाले आफूहरूले घाममा परीक्षा सञ्चालन गरिरहेको बताएका छन् । दुई वर्ष पहिले यो समयमा हुम्लामा अर्ध वार्षिक परीक्षा हुने भए पनि यो पटक कोरोनाले ढिलो भएको बताइएको छ ।

bida 29122021012259 1000x0 1 तमु ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा ( सुचना सहित )

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस