UNHPL 266 0 MDB 630 -3.8 TAMOR 482.9 -2.1 NIBD84 1030 -20 SHLB 1886.9 1.9 LEC 276.8 -6 BHDC 583 5.4 MND84/85 1030 2 KPCL 493 -0.8 ILBS 980 -21.5 HDL 1423.1 49.1 SALICO 747 -9.1 VLUCL 588 -1.9 PROFL 655 7 SCB 691.1 3.6 IHL 499 -1 SBL 345 -8.1 NABIL 594 3 SMFBS 1505.2 6.2 NIBD2082 1099 0 NICBF 9.3 -0.08 CMF2 9.21 -0.1 GBILD86/87 1030 4 SIKLES 707 -3 HURJA 220 -4.6 HEIP 381.8 20.8 UMRH 475 -1.9 PBD84 1065 1.7 BHL 440 -13 JBLB 1534 -3 MEHL 380.1 -19.9 PCBL 292 -2 SPHL 666.9 16.9 SAHAS 505 28 HLI 472 -4 GBBLPO 205 0 SBID83 1098 8.7 MNBBL 395.8 -0.8 HLBSL 1010 -10 MAKAR 500 6
×
कर्णालीमा पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती



कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् ।

छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित  साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन् ।

छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन् ।

हिन्दू परम्परामा छोरा(पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन् । ‘बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुवाको दाहसंस्कार गरेका हौं’ उनीहरुले भने ।

उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन् ।

‘म एक नारी हुँ, घरकि कान्छी छोरी पनि हुँ। ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको हो’ उनले भनिन्, ‘यदी कसैका छोराहरु नभएर छोरी भए पनि बुवाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ।’

दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ ।

काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी उनले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोकेकी थिइन् । दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुवा ज्ञान बहादुरलाई उनले दागवत्ती दिएकी थिइन् ।

छोरीले बुवाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस