NABIL 594 3 SHL 512 -4.5 ANLB 4453.1 47 BFC 625 9.1 NICGF 10.56 -0.28 GVL 538.5 -22 HHL 439 -3.2 NIBLSTF 8.68 0 SMFBS 1505.2 6.2 NIBSF2 8.9 0.08 LLBS 1050 5 AHPC 267 -0.6 LBBL 475 -4.8 CZBIL 242 -10 SCB 691.1 3.6 SFCL 704.1 63.6 HDL 1423.1 49.1 ALICL 714.5 -1.2 JBBL 351 -3.1 GLH 244 -2 SPHL 666.9 16.9 MFIL 768 48 GBIME 256.1 -4.4 NRM 426.1 -4.9 SIKLES 707 -3 SNMAPO 190 0 NHPC 220.1 0 NIBD2082 1099 0 GLBSL 1600.4 -29.6 UNL 48870 -930 TSHL 909 -11 CIZBD86 1060 -10 AVYAN 909 -6 NADEP 1030 -55 SANIMA 326 -10.2 PBD84 1065 1.7 CGH 909 -5 SINDU 667 -6 MBL 255 -4 NBF2 9.15 -0.05
×
सभापति जितेपछि गगनलाई बाइकट गरी अघि बढे देउवा, शेखरसँग बोलिचाली छैन।



नयाँ कार्यसमितिले औपचारिक रुपमा काम थाल्नु अघिल्लो दिन नेपाली कांग्रेसबाट वागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए ।

प्रदेश मन्त्री छान्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई सम्झिए, मन्त्रीमा भाग दिए । पौडेलको सिफारिशमा बलराम पौडेल भूमि व्यवस्था र सिंहको सिफारिशमा दीपेन्द्र श्रेष्ठलाई संस्कृति मन्त्री बनाए ।

तर सभापतिमा ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालासँग परामर्श गर्न आवश्यक छानेनन् । दोस्रो चरणको मतदानमा विजयी भएपछि डा. शेखरले फोन मार्फत बधाई दिएका थिए । त्यसयता दुई नेताबीच कुनै सम्वाद भएको छैन ।

आफ्नो समूहले पाएको मत (४० प्रतिशत) का आधारमा भागबण्डा नखोज्ने डा. शेखर र उनको टिमको प्रष्ट मत छ । त्यसैले मन्त्री नियुक्तिमा चासो नराख्नु अस्वाभाविक होइन । तर उपसभापति, महामन्त्री र सहमहामन्त्री समेत निर्वाचित भएको समूहका नेताका रुपमा शेखरसँग सभापतिले परामर्श गर्नुपर्ने नेताहरु बताउँछन् ।

देउवाले भने शेखर होइन, रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहहरुसँग सहकार्य गर्ने संकेत गरेका छन् । पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार भएको नेताहरुसँग भएको छलफलमा पनि उनले त्यही छनक दिएका छन् ।

कांग्रेसको निर्वाचन समितिले नयाँ कार्यसमिति सदस्यहरुलाई भोलि ११ बजे निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम राखेको छ । दिउँसो १ बजे पहिलो बैठक बस्नेछ । त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुले शुक्रबार सभापति, उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा सभापति देउवाले भोलि नै केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने संकेत गरेका छन् । उनको सूचीमा उम्मेदवारहरु, जसले दोस्रो चरणमा समर्थन गरेका थिए, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् । यस्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र आफ्नो प्यालनलबाट महामन्त्री लडेर पराजित भएका डा. प्रकाशशरण महत छन् ।

निकटवर्ती स्रोतका अनुसार सभापति देउवाले पौडेललाई दोस्रो वरियतामा राखेर वरिष्ठ नेता बनाउने सम्भावना बलियो छ ।

पर्ख र हेरको रणनीतिमा शेखर

नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकको अघिल्लो दिन डा. शेखरले पनि आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीमा निर्वाचित मात्र होइन, उम्मेदवार रहेका नेताहरुलाई समेत बोलाएका छलफल गरेका उनले छिट्टै आफ्नो प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएकाहरुसँग परामर्श गर्ने योजना छ ।

एक सहभागीका अनुसार डा. शेखर मात्र होइन, सबै नेताहरू ४० प्रतिशत मतका आधारमा भाग नखोज्ने सार्वजनिक प्रतिबद्धतामा कायमै देखिएका छन् । आम चुनावमा केन्द्रित हुने, सभापतिबारे सार्वजनिक रुपमा नकारात्मक टीका टिप्पणी नगर्ने र मद्दत नै गरेर जाने नेताहरुले बताएका छन् ।

तर आफूहरुले प्रतिनिधित्व गरेको विचार समूहको भावना सम्बोधन नगरे संघर्ष गर्न पछि नपर्ने नेताहरुले बताएका छन् । सभापतिमा ४० प्रतिशत मत आएको भए पनि केन्द्रीय सदस्य कम भएकाले पनि डा. शेखरलाई नेताका रुपमा स्वीकार नगरेको हुनसक्ने कतिपयको बुझाइ छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘सभापतिजी यसरी नै अघि बढ्नुभयो भने भोलिका दिनमा पार्टीमा समस्या आउन सक्छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस