AKJCL 209 -3 BOKD86 1040 18 C30MF 9.74 0 BEDC 470 0 NMBMF 695 -10 CGH 909 -5 MBLD2085 1085 6.5 GIBF1 9.69 0.1 NMB 263.9 -7.1 DORDI 429 -3.3 NTC 980.1 -2.4 ULHC 390 -7.9 JSLBB 1513.9 38.9 UAIL 639 -1 UMRH 475 -1.9 AKPL 248.5 -2.5 RLFL 625 6.9 SMHL 613.1 -4 SRLI 443.1 -4.9 SMPDA 910 -1 LSL 253.5 -5.5 RAWA 889 29 CKHL 632 -8 BNT 14350 -50 NIBD2082 1099 0 NGPL 472 -2.9 NICD88 1032 -21 FMDBL 758 -0.1 BARUN 379 -6.1 NICGF 10.56 -0.28 KBLD89 1156 1 PBD88 1102.1 2.1 NICD83/84 1062 -19 NMBD87/88 1027 -3 GMFIL 623 1 RSDC 735 0 SWMF 812 -13 SEF 9.51 -0.24 MFIL 768 48 H8020 10.2 -0.05
×
उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै माेटरसाइकल लिएर फरार



दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएकाे छ ।

कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् ।

छालाको उपचार गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भनिएका परियार त्यहीँबाट भागेको प्रहरीको भनाइ छ । उनी आफूलाई अस्पताल पुर्‍याइएको प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् ।

प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाइकलसहित परियारलाई उपचार गर्न लगिएकाे थियाे । तर, उनी माेटरसाइकलसहित भागेपछि डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो हुनसक्ने प्रहरीकाे आँकलन छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस