UAIL 639 -1 NIFRA 280 -5 MND84/85 1030 2 ILBS 980 -21.5 CMF1 10.5 -0.2 ADBL 367 -11.1 MEHL 380.1 -19.9 ACLBSL 1035 0 NESDO 2229 -18 IHL 499 -1 UPPER 214.2 -1.8 CBBL 980 1 SAHAS 505 28 RURU 740 -9.8 SAEF 11.22 0.17 MBLD2085 1085 6.5 TPC 465 6 PBLD87 1028 -2 CIZBD90 1081 1 ICFC 823.9 74.9 RAWA 889 29 SGHC 393.6 0.1 API 289.5 2.5 NIMBPO 176.9 -1.1 OHL 925 -9 MHL 725 3.5 USHL 783.2 -13.7 NLG 1317 2 BEDC 470 0 UPCL 262.2 -2.7 NTC 980.1 -2.4 SALICO 747 -9.1 NIBD2082 1099 0 SNLI 585.1 -0.9 KBLD86 1115 0 SSHL 215 0.8 SAPDBL 569.6 -7.4 SPDL 310 5 GBIME 256.1 -4.4 MBJC 321 -8
×
क्रिसमस डेको अवसरमा आज सार्वजनिक बिदा



इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

क्रिसमस डे’मा राष्ट्रपतिकाे शुभकामना  : राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छन् ।

इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताएकी हुन् ।

क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने उनले कामना गरेकी छन् ।

इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । नेपाल सरकारले आज सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ ।

यद्यपि शनिबार नेपालमा सार्वजनिक बिदा हुन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस