DORDI 429 -3.3 PBD88 1102.1 2.1 SHIVM 599 -8 HPPL 316.3 -3.6 SCB 691.1 3.6 SJLIC 477 -7.5 VLUCL 588 -1.9 MEN 631.1 -3.9 SBLD84 1040 19.3 CIZBD90 1081 1 PROFL 655 7 KBLD89 1156 1 NBLD87 1020 -8 RIDI 235 0 KSY 9.22 -0.19 KBLD86 1115 0 JBLB 1534 -3 SIGS3 9.45 0.09 HDL 1423.1 49.1 NBF3 9.04 0.17 ACLBSL 1035 0 NADEP 1030 -55 SWMF 812 -13 CHL 353 0.4 MPFL 751 5 SSHL 215 0.8 HIDCL 270.7 -4.1 NABIL 594 3 BNHC 466.9 0.7 NLICL 606 -4 NBL 292.2 1.2 GBILD86/87 1030 4 GVL 538.5 -22 GFCL 1051.1 6 SIKLES 707 -3 NICD88 1032 -21 SMJC 574 -6 NWCL 975 -13.9 MANDU 885 -14 SMH 1064.8 5.9
×
सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ



सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ ।

हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैकले पत्राचार गरेपछि मात्र थहाहा पाएको सञ्चालक समितका अध्यक्ष  डा. अर्जुन बरालले बताए ।

अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविक्ता बाहिर ल्याउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।

१ मंसिरदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेबारी दिइएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो ।

सञ्चालक समितिका निर्वमान अध्यक्ष निरौला एमालेका नेतासमेत हुन । उनी विराटनगर महानगरपालिकाका कर्मचारीसमेत हुन् । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडले मेयर भएको समयमा खाद्यविज्ञका रुपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।

बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताए ।  उनले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपूर्ति हुने दाबीसमेत गरे । उनले आन्तरिक छानविन समेत गरीरहेको उनले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस