×
चन्द्रागिरी हिल्सको साधारणसभा २९ पुसमा , लगानीकर्तालाई लाभांश कति ?



चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ । गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ १६ पुसमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १५ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस