×
Lagani
Lagani Shiksha gif
उपाध्यक्ष र प्रशासकीय अधिकृतको मिलेमतोमा किर्ते कागजात पेस, नियुक्त हुनु अघिकै मितिमा सिफारिस



महोत्तरीको सम्सी गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफू निकटका व्यक्तिलाई मलको डिलरका लागि किर्ते कागजपत्र पेस गरेको खुलासा भएको छ ।

सम्सी उपाध्यक्ष नगिनादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जयबाबु यादवले आफ्ना निकटका व्यक्तिलाई मल खाद्यको डिलरको लागि किर्ते कागजात तयार गरि जनकपुरस्थित कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पेस गरेको पाइएको हो ।

Lagani Shiksha gif
sharehubapk उपाध्यक्ष र प्रशासकीय अधिकृतको मिलेमतोमा किर्ते कागजात पेस, नियुक्त हुनु अघिकै मितिमा सिफारिस

यादवले प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी पाएको मिति भन्दा ४ महिना अगावैको मितिमा उपमप्रमुख यादवसँग मिलोमतो गरि मलखादको डिलरको लागि नक्कली कागजात तयार गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएका हुन् ।

१३ मंसिर २०७८ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखामा सातौं तहमा कार्यरत यादवलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मको लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको थियो । तर, अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नपाएको अवस्थामै १३ असार २०७८ सालमा मल खाद्यको डिलरको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएको सिफारिस पत्रमा किर्ते हस्ताक्षर गरेको हुन् ।

जबकी उक्त मितिमा सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा शम्भु ठाकुर कार्यरत थिए ।प्रमुख प्रशासकीय अधिकृत हुँदा हुँदै उपप्रमुख यादवले सञ्जयबाबु यादवलाई प्रयोग गरी आफ्ना निकट सफल उपभोक्ता सहकारी संस्था, कालीमाई उपभोक्ता सहकारी संस्था, माँ जानकी उपभोक्ता सहकारी संस्था र आगन उपभोक्ता सहकारी संस्थालाई डिलरका लागि सिफारिस गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत यादवले उपप्रमुख यादवले आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोले सिफारिस गरेको दाबी गरेका छन् ।

सरकारले हरेक स्थानीय तहमा मल खाद्य आपूर्ति तथा वितरणको लागि उपप्रमुखको संयाजकत्वमा समिति गठनको व्यवस्था गरेको छ । उक्त समितिमा उप्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था गरेको छ ।

तर, यादवले  कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन पठाएको काजगजातको विषयमा गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष महतोलाई समेत कुनै जानकारी गराएकी छैनन् । न त मल खाद्य सम्बन्धी बैठकमा उनलाई सहभागि गराइएको छ ।

उपाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले मिलोमतो गरि आफ्नै निकटका व्यक्तिलाई डिलर दिलाएर मल खाद्यमा कलाबजारी गराएर कमिसन लिने गरेका स्रोतको दाबी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस