रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनापत्र बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।
महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए ।
उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















