×
Lagani
Lagani Shiksha gif
हार्ने निश्चित भएको भन्दै रक्षामन्त्री रिजालले दिए मन्त्री पदबाट राजीनामा



काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वार रहेका उनले आफूले हार्ने निश्चित भएको भन्दै मन्त्रीपदबाट राजीनामा दिएका हुन् ।

Lagani Shiksha gif
sharehubapk हार्ने निश्चित भएको भन्दै रक्षामन्त्री रिजालले दिए मन्त्री पदबाट राजीनामा

जारी मतपरिणाममा गगन थापा र विश्वप्रकाश शर्माले ठूलो मात्रामा अग्रता लिएका छन् । डा. शेखर कोइराला प्यानलबाट रिजाल र थापाले उम्मेद्वारी दिएका थिए । जसमा मिनेन्द्रको भोट कम आएसँगै उनले नैतिकताको आधारमा राजीनामा दिने निर्णय गरेका हुन् ।

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।, उनले भनेका छन्, अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार २२२१ मत गन्दा थापाले १४५६ र विश्वप्रकाशले ८९७ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ७२८, प्रदीप पौडेलले ६४५, मिनेन्द्र रिजालले ३८३ र राजाराम कार्कीले ६१ मत ल्याएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस