×
Lagani
Lagani Shiksha gif
कांग्रेस महामन्त्री : १८९५ मत गन्दा गगन १२९४, विश्वप्रकाश ८२७



नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना चलिरहेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा साढे १० बजेदेखि मतगणना सुरु भएको हो। मतगणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणनाको परिणाम चार घण्टामा आइसक्ने जनाइएको छ। विधान अनुसार कांग्रेसमा दुई महामन्त्री निर्वाचन हुने व्यवस्था छ। महामन्त्रीका लागि गगनकुमार थापा, डा। प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए।

Lagani Shiksha gif
sharehubapk कांग्रेस महामन्त्री : १८९५ मत गन्दा गगन १२९४, विश्वप्रकाश ८२७

१८९५ मत गणना हुँदा गगन थापाले १२९४ तथा विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ६६८, डा। प्रकाश शरण महतको ६२० र डा। मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत पाएका छन् ।

थापा र रिजाल शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका हुन् । देशरबहादुर देउवा प्यानलबाट महत र पौडेल महामन्त्रीका उम्मेदवार हुन् । यस्तै शर्मा प्रकाशमान सिंह तथा कार्की विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका हुन् । सभापतिको दोस्रो चरणको मतदानमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस