×
Lagani
Lagani Shiksha gif
ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान



नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।

संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान

मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ ।

खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए । यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ ।  सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ ।

263971083 959556388331369 189709105969360744 n ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस