×
Lagani
Lagani Shiksha gif
२८४ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन



लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो । २० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk २८४ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. १,०००- (एक हजार) बुझाउनु पर्नेछ । एकै सेवा /समूह /उपसमूहको पदका समावेशी समूहतफका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. ४००।- (चार सय) थप दस्तुर बुझाउनु पर्नेछ ।उम्मेदवारको उमेरको हद  २०७८/९/२० सम्म २१ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा
४० वर्ष ननाघेको हुनु पर्ने छ।

आवश्यक न्यूनतम योग्यता

निजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको हुनुका साथै निजामती सेवा नियमावली, २०५० को नियम १५ बमोजिम तोकिएका देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हनु पर्नेछ ।

(१) नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा (राजस्व र सामान्य प्रशासन समूह) तथा संघीय संसद सेवा (सामान्य प्रशासन समूह) को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्तातक तह वा सो सरह उत्तीर्ण भएको ।

(२) नेपाल प्रशासन सेवा, लेखा समूहको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्तातक तह
वा अर्थशास्त्र, गणित, तथ्याङ्गशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सौ सरह उत्तीर्ण भएको ।

(३) नेपाल न्याय सेवा (न्याय, कानून, सरकारी वकिल समूह) को लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण भएको ।

(४) नेपाल लेखापरीक्षण सेवाको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टर्ड
एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको ।

OPEN page 001 scaled २८४ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन OPEN page 002 scaled २८४ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन OPEN page 003 scaled २८४ जनाको लागि सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Kisan bk
Guest
Kisan bk
December 16, 2021 12:00 pm

Thank you
For giving such opportunities from government nepal.



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस