×
Lagani
Lagani Shiksha gif
देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?



नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।

हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।  २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।

मतदान सम्पन्न भएको पाँच घण्टापछि सोमबार बिहान साढे चार बजे मतगणना सुरु भएको हो । आइतबार बिहान ११ बजेदेखि राति साढे ११ बजेसम्म मतदान भएको थियो । चार हजार ६८० जना प्रतिनिधिले मतदान गरेका थिए । कुल चार हजार ७४३ प्रतिनिधि छन् ।

निर्वाचन समितिका प्रमुख गोपालकृष्ण श्रेष्ठले सभापति पदको मतगणना सुरु भएको जानकारी दिए । उनकाअनुसार मतगणना सकिन कम्तिमा साढे ३ घण्टा लाग्नेछ । कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । यसैगरी केन्द्रीय निर्वाचन समितिले उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका केन्द्रीय कार्यालय सानेपा पुर्‍याएको छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपबाट ८४ वटा ट्यांकी सबै उम्मेदवारका प्रतिनिधिसहित कडा सुरक्षाका बीच सानेपा लगिएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस