×
Lagani
Lagani Shiksha gif
प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निवाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍याे ।

समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न सकेन । ‘यो प्रविधिकै जमाना हो । हामीले प्रविधिको प्रयोग गर्दा छिटो छरितो र त्रुटीहरू कम हुन्थ्यो । त्यसैले ईलेक्ट्रोनिक सिष्टमबाट भोटिङ गरौँ भनेर केन्द्रीय कमिटीमा प्रस्ताव पेस गरेका थियौँ । नेताज्यूहरू र उमेद्‌वारहरूबीच सहमति जट्न सकेन’, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने ।

Lagani Shiksha gif
sharehubapk प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर

ईलेक्ट्रोनिक प्रविधिबाट मतदान हुँदा प्रविधि नै ह्याक गरेर आफ्नो नामको मत बदर पनि हुन सक्ने डर नेता तथा उमेद्‌वारहरूले देखाए । त्यसैले अहिले पुरानै प्रणालीबाट मतदान हुुँदै  छ ।निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको घिमिरे बताउँछन् ।

मत पेटिकाका लागि भने कांग्रेसले सूर्यदया कम्पनीको  पानी ट्याङ्की प्रयोग गर्दै छ । ‘अहिले २९ वटा मतपत्र तयार भएको छ । तर, उम्मेद्‌वारी फिर्ता लिने समय बाँकी नै छ । भोलिसम्ममा मतपत्र घट्न पनि सक्छ’, घिमिरे भन्छन् ।

अहिले १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान हुँदा एक जनालाई मतदान गर्न कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ ।

अहिले कांग्रेसमा मतदान गर्नका लागि देशभरबाट चार हजार भन्दा  बढि महाधिवेशन प्रतिनिधीहरु सहभागी छन् । ईलेक्ट्रोनिक प्रणालीबाट मतदान भएको भए छिटो महदान हुन्थ्यो भने मत गणनाका लागि पनि धेरै समय लाग्दैनथ्यो । यस्तै, मत बदरको सम्भावना पनि हुँदैनथ्यो ।

तर, कांग्रेसका नेताहरूले प्रविधिको प्रयोग गर्न डराएर पुरानै मतदान प्रक्रिया अपनाउँदा मत बदरको सम्भावना पनि उच्च देखिन्छ भने मतदान र मतगणनाका लागि धेरै समय लाग्छ । नेताहरूले प्रविधिको प्रयोग गर्न नमानेका कारणले निर्वाचन समिति पनि खुसी छैन ।

‘पार्टी भित्रको चुनाव हो । पार्टीका नेताहरूले नचाहेपछि हामीले मात्रै चाहेर हुँदैन । प्रविधिकाे प्रयोग गरेजस्तो सहज हुँदैन अहिले अपनाइएको प्रक्रिया । तर, सहमति नजुटेपछि के गर्नु ?’, संयोजक घिमिरे भन्छन् ।

आइबार बिहान ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ भने मध्यान्ह सवा १२ उम्मेद्‌वारकाे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन भने भोलि साेमबार बिहान ८ बजेदेखि सुरू हुनेछ ।  मतदानका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लवमा गरी तीन ठाउँमा मतदान गर्ने व्यवस्था  मिलाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस