×


काठमाडौं, १९ साउन । नेपाली बजारमा सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ५०० रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५०रुपैयाँमा कारोबार भएको थियो । 

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार ५५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ३३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस