H8020 10.2 -0.05 MHL 725 3.5 RSDC 735 0 IGI 600 -4 BARUN 379 -6.1 EBL 605 5 NICBF 9.3 -0.08 MKHL 493 -6 NICGF 10.56 -0.28 JOSHI 305 -6.8 SMFBS 1505.2 6.2 NICL 990.2 -4.8 RNLI 495.5 1.5 SMATA 875 -16 DOLTI 538 10 NIBLSTF 8.68 0 KBLD89 1156 1 SPDL 310 5 NMBMF 695 -10 GUFL 735 5 KBLD86 1115 0 HLBSL 1010 -10 NUBL 730 2.8 ACLBSL 1035 0 LEC 276.8 -6 NADEP 1030 -55 PPL 461 -2.5 NHDL 570 0 CMF1 10.5 -0.2 MANDU 885 -14 MERO 760 0.5 KKHC 260 -2 NWCL 975 -13.9 GBBL 447 -6 EDBL 645 -1.9 GFCL 1051.1 6 NLG 1317 2 SMPDA 910 -1 PBD84 1065 1.7 SSHL 215 0.8
×
४-१२ नीतिको गलत प्रचार गरि सोझालाई डराएर बजार घटाउदै ठुला लगानिकर्ता



सन १९९३ मा स्थापना भएर १९९४ देखि कारोबार सुचारु गरेको नेप्सेमा हाल करिब ३०० कम्पनी सुचिकृत छन।

प्रविधिको बिकास संगै अघि बढेको शेयर बजारमा हाल करिब ५० लाख लगानीकर्ता प्रतक्ष अप्रतक्ष रुपमा संग्लन छन्।  सजिलै पैसा कमाउने आसमा शेयर बजार छिरेका करिब ६०-७० प्रतिसत लगानीकर्तामा शेयर बजारको केहि ज्ञान पनि छैन त्यहिँ कुराको फाइदा उठाउदै केहि समुहले सोझा साझा लगानीकर्ता फसाउने गरेका छन।

नेपालको शेयर बजार :

नेपालको शेयर बाजरलाई शेयर बजार भन्न मिल्दैन किनकि शेयर बजार स्वतन्त्र हुनु पर्छ तर नेपालको शेयर बजार त् केहि समुहले चलाउने गर्छन उनीहरुले चाहदा बढाउछन भने उनीहरुले चाहादा घटाउछन। अझ बजारमा केहि ज्ञान नभएका लगानीकर्ता आउदा त , ति समुहलाई सोने पे सुहागा भनेजस्तै भएको छ। आफ्नो पैसाले बजारमा चलखेल गर्न नपुगे ति सोझा लगानीकर्तालाई गलत समाचार दिएर बजारलाई आफ्नो नियन्त्रणमा राख्ने गर्छन।

नयाँ लगानीकर्ता भित्रिनु अघिको बजार र नयाँ लगानीकर्ता आएपछिको बजारको तुलना गर्नेहो भने आकास पातलको फरक छ।  २ वर्ष अघि ४० -५० मा कारोबार हुने कम्पनीको शेयर अहिले ४-५ सय माथि पुगेको छ। अझ मुख्य कुरा त् के भने लगानीकर्तालाई कहिलै फाइदा नदिने कम्पनीको शेयर मूल्य २-३ हजार माथि छन्।

किन खराब कम्पनीको शेयर राम्रो कम्पनीको भन्दा महँगो छ त् ? 

खाराब कम्पनीको शेयर २ वर्ष पहिले खराबनै थियो भने राम्रो कम्पनीको शेयर मुल्य राम्रै थियो तर नयाँ लगानीकर्ताको प्रबेस संगै चलखेल गर्न बसेको समुहको नजर सस्तो कम्पनीमा परेपछि त्यहाँबाट बढ्न सुरु गरेको हो। शेयर बजारमा डिमाण्ड र सप्लाइको आधारमा घटबढ हुने भएकाले कम बजार पुजिकरण भएको कम्पनीको शेयरमा चलखेल सुरु हुन लाग्यो।  कम शेयर संख्या र कम शेयर मूल्य भएको हुनाले आफुले उक्त कम्पनीको शेयर सकेको जति किनेर कम्पनीको शेयर मूल्य बढाउन थालियो । त्यति मात्र नपुगेर सामाजिक संजाल  , क्लब हाउसमा बुम बुम भन्दै सोझा लगानीकर्तालाई शेयर किन्नको लागि उत्प्रेरित गराई मूल्य झनै बधाउन थाले । दिनदिनै कम्पनीको शेयरमूल्य बढेको देख्दा सबै उक्त कम्पनिको शेयरमा झुम्मिन पुगे र सबैले सोहि कम्पनीको शेयर किन्न लागे पछि कम्पनीको शेयरमा बढी डिमाण्ड हुने गर्छ र खराब कम्पनीको शेयर बढ्ने गर्छ।

कर्नरिङको के हो ? कर्नरिङबाट कसरि फसिन्छ ? 

कोर्नरिङ भनेको कुनै पनि कम्पनीको शेयर धेरै मात्रामा खरिद गरि भण्डारण गर्ने बुझिन्छ। आफुले धेरै मात्रामा शेयर  थुपारेपछि उक्त कम्पनीको शेयरमा नक्कली खरिद माग राख्ने र आफ्नो समुहको अर्को व्यक्तिलाई अधिकतम मुल्यमा बेच्न लगाउने कार्य गरि कम्पनीको शेयरमा सकारात्मक सर्किट लगाउने गरिन्छ।  जसले गर्दा उक्त शेयरमा सबैको ध्यान जाने गर्छ र सबैले उक्त कम्पनीको शेयर खरिद गर्न खोज्छन। आफ्नो लक्ष पुरा गरिसकेपछि उक्त व्यक्ति / समुहले कम्पनीको शेयर बेच्न सुरु गर्छन र उनीहरुले बेची सक्दा खरिद चापको कारण कम्पनीको शेयर मूल्य घटी पुरानै अवस्थामा पुग्छ र बिचमा किन्ने लगानीकर्ता फस्ने गर्छन।

नियामक निकाएनै गैर जिम्मेवार 

शेयर बजारको नियमाक निकायले गर्ने कार्य भनेको शेयर बजारको बिकास साथै लगानीकर्ताको हितको कार्य हो , तर नेपालको नियामक निकायले भने बिकास र हित त् गरेको छ तर केहि  लगानीकर्ता  फसाउने समुह र आफ्नो। हामीले बारम्बार शेयर बजारमा चलिरहेको गैरकानुनी कुराको बारेमा उजुरी गर्दा सुन्ने जवाफ हो हामि अनुसन्धान गरेर कारबाही गर्छौ तर अहिले सम्म कारबाही गरेको कुरा कमै सुनिएको छ। बस स्पस्टिकरण सोध्यो सेटिंग मिलायो अनि सकियो। केहि समूहले चलखेल गरेको देख्दा पनि नियामक भने आखाँमा पट्टि बाधेर बसेको छ। ऊजुरी गर्यो भने अब त्यस्तो गरे कारबाही गर्ने भन्दै सुचना सम्म निकाल्ने बाहेक अन्य केहि काम गर्न सकेको छैन।

ब्रोकर र केहि समुहको हातमा शेयर बजार 

नेपालको शेयर बजार भनेको केहि ब्रोकर र केहि ठुला लगानीकर्ताको निजि सम्पत्ति नै हो भन्दा हुन्छ। उनीहरुको मिलेमतोमा बजार जता चायो त्यतै लैजाने गर्छन। केहि ब्रोकरले त तपाइँ यति पैसा लगाउनुहोस  हामीले केहि समयमा बजार बढाएर तपाइलाइ फाईदा दिन्छु भन्दै लगानीकर्तालाइ फोन गर्न समेत भ्याय। ठुला लगानीकर्ता संग मिलेर बजार घटाउने बढाउने कार्य समेत गर्न ब्रोकर पछि पर्दैनन। आफ्नै हातमा सिस्टम भएपछी केहि ब्रोकर्ले मनपरी गरेर चलखेल नगरेको भने हैन।  दिनभर नेगेटिभ रहेको कम्पनिको शेयर मूल्य केहि बेरमै सर्किट लेभलमा कारोबारमा लैजाने पनि तिनै ब्रोकर र ठुला लगाइकर्ता हुन।  शेयर बजारलाई उनीहरुले आफ्नो निजि सम्पत्तिजस्तै प्रयोग गरिरहेका छन।

नक्कली शेयर गुरु 

शेयर गुरु भनेको लगानीकर्तालाई शेयर बजारमा फस्न बाट जोगाउने व्यक्तिलाई बुझिन्छ। तर हाम्री नेपालमा अधिकांस शेयर गुरु फस्नबाट जोगाउने हैन उल्टै फसाउने छन्। मिठा र राम्रा कुरा गरि नयाँ लगाइकर्तालाइ आफु तिर आकर्षित गर्ने अनि खाराब र पत्रु कम्पनीको शेयर भिडाउने कार्य गरि नक्कली गुरुले फसाउने गर्छन।अनेक बहाना बनाइ सोझा लगाइकर्तालाइ फसाउने गर्छन जबकि उनीहरु कुनै गुरु नभएर ठुला लगानीकर्ताको फेक आइडी हुने गर्छ।  क्लब हाउस र फेसबुकमा लगाइकर्तालाई बेबकुफ बनाइ आफुले मनग्य कमाउने गर्छन।

४/१२ नीतिको गलत प्रचार 

अहिले शेयर बजार घटीरहदा धेरै लगाइकर्ताको मनमा लागेको कुरा हो ४-१२ नीतको कारण घटेको हो। नालागुस पनि किन ठुला लगाइकर्ताले जुन बेला पनि त्यहि ४-१२ को कुरा निकाल्दै बजार घट्ने कुरा गरिरहेका हुन्छन।  तर बास्तबमा ४-१२ नीतिको कारण शेयर बजार घटेको भने हैन आफ्नो स्वार्थ पुरा गर्नको लागि केहि ठुला लगाइकर्ताले ४-१२को कारण घटेको हो भन्ने देखाउनलाइ शेयर बजार घाटइएको हो। फेसबुक मार्फत बजार घट्दा हामीलाई पनि घाटा हुन्छ भन्ने गरेतापनि यो कुरा सत्य हो किनको उनीहरुले धेरै पहिला नै शेयर कम मुल्यमा किनिसकेका छन् र बजार घट्दा औसतमा उनिहरुलाइ घाटा हुदैन। यदि ४-१२ करोड नीति खारेज भयो भने अर्बौको ऋण लिएर चलखेल गर्ने सपना पुरा हुने छ। उनीहरुले ४-१२ को यस्तो गलत प्रचार गरेका छन् कि १० कित्ता शेयर हुनेहरु पनि यसको विरोद गरिरहेका छन् जवकि यो नीतिले साना लगानीकर्तालाई कुनै असर पर्दैन।

समग्रमा भन्नु पर्दा नेपालको शेयरबजार केहि व्यक्तिहरुको हातमा रहेको छ।  सोझा सझाहरुले शेरे गुमाउदै छन् भने पावरवाला हरुले मनग्य कमाइरहेका छन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस