×
Lagani
Lagani Shiksha gif
ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे



एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् ।

१०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए।

Lagani Shiksha gif
sharehubapk ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे

ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका छन् ।

ओलीले लामो भाषण गर्न थालेपछि प्रतिनिधिहरू अध्यक्षका प्रत्यासी भीम रावलसँग कुरा गर्न व्यस्त छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस