×
Lagani
Lagani Shiksha gif
कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते



नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।

कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।

Lagani Shiksha gif
sharehubapk कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते

मतदान स्थलमा एक अर्काे पक्षविरुद्ध नाराबाजी भएपछि विहीबार राती दुबै पक्षबीच झडप भएको हो । झपडमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।

धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिइन् ।झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए ।

बोहराको अग्रता

विहीबार सम्पन्न मतदानको आज विहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को चार सय मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २ सय ८०  र अमरसिंह धामीले १ सय १२ मत प्राप्त गरेका छन् ।  क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस