×
पूर्वबाट आएका सवारीसाधनको लाइन रत्ननगरसम्म, भरतपुर प्रवेश गर्न सकेनन्



एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन् ।

जसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।भरतपुर प्रवेश गर्न नसकेपछी केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस