×
Lagani
Lagani Shiksha gif
एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए



चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ ।

मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् । जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् ।

Lagani Shiksha gif
sharehubapk एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए

भरतपुरस्थित  बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन ।  ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए ।

महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए । चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।

होटेलमा बसेर र्खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खाएको उनले बताए । उनीहरू खाना खाइसकेर महाधिवेशनस्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् ।

khana 1 एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए khana 2 एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए khana 3 एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए khana 4 एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस