×
बस र माइक्राे एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते



पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

Accident 3 बस र माइक्राे एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस