×
न्यादी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएलगतै  कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपनिङ्ग रेञ्ज तोकेको छ ।

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।

उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

nyadi न्यादी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस