×
Lagani
Lagani Shiksha gif
मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको तेस्रो कारोबार दिन मंगलबार पनि मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएदेखिनै कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य मंगलबार  १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । हिजो १८०९ .२० मा अन्तिम कारोबार भएको थियो भने आज १८४५.३० मा कारोबार खुलेको थियो भने हाल सम्म १० प्रतिसत बढेर१९९०   पुगेको छ।

Lagani Shiksha gif
sharehubapk मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा२४  हजार ७६६  कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । त्यस्तै आज हालसम्म कम्पनीको ९३० कित्ता शेयर खरिद बिक्रि भएको छ।

लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो।लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। यस्तै लघुवित्तले २०७५ असाेज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार शुरु गरेको थियो।

हाल लघुवित्तले ८ जिल्लाहरुमा २६ शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार गर्दै आइरहेको छ।लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ भैसेपाटीमा रहेको छ।

 

Screenshot 2021 11 23 123247 मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस