×
रु रु जलविद्युतको आज देखि आयोजना प्रभावितका लागि IPO निष्काशन



रु रु जलविद्युत परियोजना लिमिटेडले आज देखि आईपीओ निष्काशनगरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको छ ।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस