×
Lagani
Lagani Shiksha gif
नाफा नहुने भएपछी बाणिज्य बै‌ङ्कले बाडेनन नयाँ नोट , कर्मचारीलाई दिएर सके।



लाखौ जनसंख्या भएको चितवनमा जम्मा ९ सय जना सर्बसाधारणले नयाँ नोट पाए।

दशैँको बेला नयाँ नोट जुन सुकै बाणिज्य बै‌ङ्कबाट साट्न मिल्ने भनेर राष्ट्र बै‌ङ्कले सुचना जारि गरेपनि अवस्था त्यस्तो थिएन। नाफा नहुने देखिपछी निजि क्षेत्रका बाणिज्य बै‌ङ्कले नयाँ नोट वितरण गरेनन। सेवामुखी हुनुपर्ने बाणिज्य बै‌ङ्क नाफामुखी हुन् खोज्दा नयाँ नोटको अभाव भएको हो। राष्ट्रिय बाणिज्य बै‌ङ्कले भने दिनको ३ सय गरि कुल ९ सय जनालाई मात्र नयाँ नोट दियो।

Lagani Shiksha gif
sharehubapk नाफा नहुने भएपछी बाणिज्य बै‌ङ्कले बाडेनन नयाँ नोट , कर्मचारीलाई दिएर सके।

प्रयाप्त मात्रमा नयाँ नोट हुदा पनि राष्ट्रिय बाणिज्य बै‌ङ्कले अन्यलाई नोट दिएन। पहुचवाला र पावरवालालाई भए जुन बेला गएपनि नयाँ नोट दिन्थ्यो तर सर्बसाधारण जनता जादा फेरी नोट सकियो भनेर फिर्ता पठाउथ्यो। दशैँ अघिको अन्तिम कारोबारको दिन राष्ट्रिय बाणिज्य बै‌ङ्क पुग्दा विभिन्न बाणिज्य बै‌ङ्कका कर्मचारीहरु बाकस लिएर नयाँ नोट लिन पुगेका थिए। आफ्ना कर्मचारीलाई नयाँ नोट दिनको लागि त्यहाँ नोट लिन आएको एकजना बै‌ङ्कका कर्मचारीले बताए।

सर्बसाधरणलाई नयाँ नोट छैन भन्ने राष्ट्रिय बाणिज्य बै‌ङ्कले बकासमा हालेर नयाँ नोट बाँडीरहेको थियो। जनताको पैसाबाट अर्बौ नाफा कमाउने बाणिज्य बै‌ङ्कले जनतालाई नयाँ नोट साट्ने सुबिधा दिन गाह्रो मानिरहदा राष्ट्र बैंक भने चुप छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
बिरेन्द्र राज जोशी
Guest
बिरेन्द्र राज जोशी
October 25, 2023 8:20 am

टाउको र पुच्छारको वास्तविक तथ्य केलाई समाचार सम्प्रेषण गरेको भये सर्बसाधारणले र बिस्लेशकहरुले यस्ता मिडियाको प्रसम्सा गरि सबैसम्म यो कुरा पुर्याउनु मड्द्त गर्ने थिये । बाणिज्य बैंकहरुबाट केहि खान नपाएकोले यस्तै नकारात्मक्ता र भ्रम्हरु सोझा नेपाली जनतासम्म पुर्याउने प्रयत्न गरि रह्न्छन यो भनेको काग कराउदै जान्छ पिना सुक्दै जान्छ नै हो जस्तो लाग्छ ।

प्रमोद चौधरी
Guest
प्रमोद चौधरी
October 26, 2023 9:43 am

महाशय बास्तबिकता पनि त त्यही नै थियो हेटौडा तथा रौतहटका बैन्क्ले नया नोट दिएन

funny life
Guest
funny life
November 22, 2023 12:11 pm

राष्ट् बैंक बैंक मात्र होइन, नेपाल का कुनै संस्था ले गलत गरेपनि, सरकार मासु , भात खाने, र सुत्ने टाइप को छ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस