×
सबैलाई १० कित्ता पर्ने आईपीओ निष्कासन हुदै , कहिले होला निष्कासन ?



निफ्रापछि नेपालमा ठुलो आईपीओ कहिले आउला भन्ने सबैमा चासो रहेको छ।

हाल हिमालयन रि इन्स्योरेन्सले निफ्रा पछिकै ठुलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले ३ अर्बको आईपीओ  निष्काशन गरे भएको हो जुन हालको आवेदनको अनुसार तुलना गर्नेहो भने सबैले १० कित्ता पाउने छन र केहि लगानीकर्ताले २० कित्ता सम्म नि पाउने छन्।

हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आइपीओ निष्कासन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

१० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी कुरा चले पनि साधारण सभामा कम्पनीले यसको बारमा खुलाएको छैन  । हिमालयन रि नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो । कम्पनीले गत असारमा बीमा समितिबाट लाइसेन्स पाएको हो ।

कम्पनीले उक्त आईपीओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक नियुक्त गर्नु पर्ने हुन्छ भने बोर्डमा आवेदन दिनुपर्ने हुन्छ।  त्यसकारण यो आईपीओ  हाल भने निष्कासन हुदैन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस