×
Lagani
Lagani Shiksha gif
दिक्तेलमा अटो रिक्सा र इरिक्साको भाडा ताेकियाे



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अटो रिक्सा र इरिक्साको भाडा दर निर्धारण गरेको छ ।

भाडामा एकरुपता कायम गर्नका लागि नगरपालिकाले तत्कालै लागू हुनेगरी पक्की सडकमा प्रतिकिलोमिटर २० रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ भाडा लाग्नेगरी भाडा दर निर्धारण गरेको हो । अटो रिक्सा र इरिक्सा भित्रिएको वर्षौपछि नगरपालिकाले पहिलोपल्ट भाडा दर निर्धारण गरेको हो ।

Lagani Shiksha gif
sharehubapk दिक्तेलमा अटो रिक्सा र इरिक्साको भाडा ताेकियाे

नगरपालिकाले दिक्तेलको रत्नपार्क गेट–कारागारका लागि ६० रुपैयाँ, रत्नपार्क गेट–मुढेका लागि १४०, रत्नपार्क गेट–हुर्लुङका लागि २२०, रत्नपार्क गेट–नुनथलाका लागि ३००, रत्नपार्क गेट–महुरेका लागि ३८०, रत्नपार्क गेट–सोल्माका लागि ८० रुपैयाँ भाडा तोकेको छ ।

रत्नपार्क गेट–नेर्पा संसारीडाँडाका लागि २०० रुपैयाँ, रत्नपार्क गेट–हाटडाँडाका लागि ७५ रुपैयाँ, रत्नपार्क गेट–अस्पतालका लागि ९० रुपैयाँ र रत्नपार्क गेट–जिल्ला प्रशासन कार्यालयका लागि ६० रुपैयाँ भाडा निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दहालले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस