×
दिक्तेलमा अटो रिक्सा र इरिक्साको भाडा ताेकियाे



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अटो रिक्सा र इरिक्साको भाडा दर निर्धारण गरेको छ ।

भाडामा एकरुपता कायम गर्नका लागि नगरपालिकाले तत्कालै लागू हुनेगरी पक्की सडकमा प्रतिकिलोमिटर २० रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ भाडा लाग्नेगरी भाडा दर निर्धारण गरेको हो । अटो रिक्सा र इरिक्सा भित्रिएको वर्षौपछि नगरपालिकाले पहिलोपल्ट भाडा दर निर्धारण गरेको हो ।

नगरपालिकाले दिक्तेलको रत्नपार्क गेट–कारागारका लागि ६० रुपैयाँ, रत्नपार्क गेट–मुढेका लागि १४०, रत्नपार्क गेट–हुर्लुङका लागि २२०, रत्नपार्क गेट–नुनथलाका लागि ३००, रत्नपार्क गेट–महुरेका लागि ३८०, रत्नपार्क गेट–सोल्माका लागि ८० रुपैयाँ भाडा तोकेको छ ।

रत्नपार्क गेट–नेर्पा संसारीडाँडाका लागि २०० रुपैयाँ, रत्नपार्क गेट–हाटडाँडाका लागि ७५ रुपैयाँ, रत्नपार्क गेट–अस्पतालका लागि ९० रुपैयाँ र रत्नपार्क गेट–जिल्ला प्रशासन कार्यालयका लागि ६० रुपैयाँ भाडा निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दहालले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस