SBCF 9 -0.2 HRL 861 -4 NLO 242.1 0 NMB50 10.3 0.05 MKJC 467.9 -1 MEHL 380.1 -19.9 SICL 832 0 SMATA 875 -16 ICFC 823.9 74.9 GMFBS 1512.1 -16.9 MKCL 1497 -26 SDBD87 1035 4 MHL 725 3.5 NGPL 472 -2.9 MBL 255 -4 EBL 605 5 NBF2 9.15 -0.05 NIMB 241.9 -9.1 LICN 1995.9 -27.1 HEI 648 -10 NICSF 9.5 0.25 MKHC 339 -1 NSIF2 10.52 0.02 SFMF 10.2 -0.2 SIGS3 9.45 0.09 ULBSL 3199 37 KBSH 2386 -9 UHEWA 476 -11 NMLBBL 769 -11 NBLD87 1020 -8 SGIC 641.2 -4.8 MSHL 938 3 NIBSF2 8.9 0.08 RADHI 397.9 7.9 LSL 253.5 -5.5 LUK 9.21 -0.09 H8020 10.2 -0.05 NLIC 814 -13.4 NYADI 305.4 -6.6 JFL 655 6
×
आजदेखि खुल्यो बिपिडब्लु लघुवित्तको आईपीओ , जम्मा ८ हजार जनालाई पर्ने।



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

१० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेपछि कम्पनीले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने  ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

बाकि रहेको सेयर मध्य १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो जसमा सर्बसाधारणले आवेदन दिन सक्ने छन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस