रेडियो नेपालले माग्यो ४९ स्थायी कर्मचारी , यसरि दिनुहोस आवेदन।

रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो । जसअनुसार रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ । त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली),  संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलेको छ । १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ । रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् । आवेदन दिन र अन्य जानकारीको लागि रेडियो नेपालको साइटमा जानुहोला।   

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।