×
Lagani
Lagani Shiksha gif
मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर , कम्पनीको शेयरमा आयो भारि गिरावट



विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका छन् ।

ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत सेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।सर्वेक्षणका बहुसंख्यक मतदाताहरुले सेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आइरहेका बेला उनले सेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर , कम्पनीको शेयरमा आयो भारि गिरावट

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार करिव १० प्रतिशतमा झरेको थियो । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । सेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।

टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस