×
Lagani
Lagani Shiksha gif
प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन



काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम अझै बढाउने भएको छ ।

यसअघि राजीनामा दिनको निम्ती बारले दिएको ’अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।

Lagani Shiksha gif
sharehubapk प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो।

आज आज देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। आजको बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका अजेन्डामा छलफल हुने जनाइएको छ।

यसअघि बारले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।

त्यसैगरी बारले यसअघि नै देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तजा सहभागिता जनाउनसमेत परिपत्र गरेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस